धादिङमा भएको जीप दुर्घटनामा ४ जना गम्भिर घाइते



धादिङ १८ भदाै

धादिङको गल्छी गाउँपालिका वडा नम्बर–७ गल्छी चोकमा आज सवारी दुर्घटना भएको छ । कोल्फु सडक खण्डमा त्रिशुली तर्फ गई रहेको ३ वटा सबारी साधन एक आपसमा ठक्कर दिदा गुडिरहेको ग १ ज ३६१५ नम्बरको हाइसलाई पछाडीबाट आईरहेको बा १ ज ९८५० नम्बर को माइक्रोबस र अगाडि रहेको बा ४ ख ७७७७ नम्बर को ट्रीफरलाई ठक्कर दिई दुर्घटना भएको हो । हाइसमा सवार १५ जना यात्रुहरु मध्ये ४ जना गम्भीर र ३ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै ट्रीफर चालक धादिङ गल्छी गाउपालिका वडा नम्बर–४ बस्ने २४ बर्षीय दीपेन्द्र श्रेष्ठ, माइक्रोबस चालक गल्छी गाउपालिकावडा नम्बर–६ का २३ बर्षीय रुपेस अधिकारी, नुवाकोट घर भएका २५ बर्षीय अमृत तामाङलाई नियन्त्रणमा लिएको प्रहरी कार्यलय गल्छीले जानकारी दिएको छ । दुर्घटना परि घाईते हुनेहरुमा गल्छी गाउपालिका वडा नम्बर–१ का ७५ का बर्षीय धन बाहादुर दर्लामी, १० बर्षीय कि सुबिका दर्लामी, नुवाकोट जिल्ला बेल्कोटगढि नगरपालिका वडा नम्बर–३ बस्ने १८ बर्षीय गिता तामाङ र १७ बर्षीय गोमा देबकोटाको गल्छी सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी ट्रमा सेन्टर रेफर गरिएको छ । त्यस्तै अन्य ३ जना मध्ये गल्छी गाउँपालिका वडा नम्बर–८ करुणा बस्नेत, नुवाकोट जिल्लाका २९ बर्षीय गणेश अधिकारी र ४६ बर्षीय मछिन्द्र आचार्य को गल्छी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरी कार्यलय गल्छीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News