आजको मौसम : धेरै स्थानमा वर्षा हुने


 


काठमाडौं, भदौँ १९

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको जानकारी दिएको छ । साथै साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा एउटा न्यून चापीय प्रणाली बनेको पनि महाशाखाले उल्लेख गरेको छ ।

हाल देशभर बदली भई मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ। आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

साथै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । जसका कारण पहाडी भू–भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बिहीबार दिउँसो देशभर बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

बिहीबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा पश्चिमि पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्