चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै


 


काठमाडौं, भदौँ १९

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ।

विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको बुझिएको छ। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्