दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो


 


काठमाडौं, भदौँ १९

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए ।उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिए ।

यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्