कुखुराको भालेले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु !


 


दक्षिण अस्ट्रेलियामा आफ्नै घरमा पालेको कुखुराको भालेले आक्रमण गर्दा एक वृद्धा महिलाको मृत्यु भएको छ । डेली मेलको अनुसार आफ्नै घर पछाडि ती महिलाले सानो खोरमा कुखुरा पालन गरेकी थिइन्। महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएको बेला त्यहाँ भएको भालेले महिलालाई अन्धाधुन्ध आक्रमण गरेको हो ।

भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्। यद्यपि मृत्यु हुने महिलाको नाम र उमेर भने उनको परिवारलाई थप आघात हुने भन्दै खुलाइएको छैन । कुखुराहरु प्राय अहिंस्रक मानिन्छन् । भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ।

प्रहरीले यस घटना अनौठो भएको बताएको छ। एडिलेड युनिभर्सिटीका फोरेंसिक विज्ञ प्रोफेसर रोजर ब्यायार्डले यस्तो घटना एकदम कमै पाइने बताइन् । जनावरको कारण हुने मृत्युबारे प्रोफेसर ब्यायार्डले अनुसन्धान गरिरहेको बताइएको छ । उनको अध्ययनले डाक्टरलाई पोस्टमार्टम गर्न सहयोग पुर्‍याउने र लुकेका खतराहरू सम्बन्धी मानिसहरूलाई चेतावनी दिने आपेक्ष गरिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्