मालिंगाले कायम गरे नया विश्व रेकर्ड


 


२१ भदौ, काठमाडौं ।
श्रीलंकाले न्युजिल्याण्डविरुद्धको तीन दिवसीय टी–२० सिरिज २–१ ले हार्दा लासिथ मालिंगाले भने विश्व रेकर्ड कायम गरेका छन् । पल्लेकेले अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार भएको खेल मालिंगाको उत्कृष्ट प्रदर्शनका कारण श्रीलंकाले ३७ रनले जित्यो ।

घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रनमा समेटियो । न्युजिल्याण्डलाई धरासायी बनाउन मालिंगाको योगदान रह्यो । उनले लगातार चार बलमा चार विकेट लिएर न्युजिल्याण्डलाई हारको बाटो देखाइदिए । यो ओभरमा मालिंगाले चार ओभरमा केबल ६ रन दिएर पाँच विकेट झारे । यो उनको टी–२०मा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । अन्तर्राष्ट्रिय क्रिकेटमा समग्रमा यो १०० औं ह्याट्रिक हो ।

मालिंगाले तेस्रो ओभरको तेस्रो बलमा कोलिन मुनरोलाई १२ रनमा आउट गरेर पहिलो झट्का दिए । त्यसपछि मालिंगाले चौथो बलमा हेमिश रदरफोर्ड र त्यसपछि कोलिन डी ग्राण्डहोमलाई आफ्नो शिकार बनाएर ह्याट्रिक पूरा गरे । मालिंगाले ओभरको अन्तिम बलमा रोस टेलरलाई आउट गरेर लगातार चार बलमा चार विकेट लिए । यो अवस्थामा किवी टिमको स्कोर चार विकेटको क्षतिमा १५ रन रह्यो ।

मालिंगा टी–२०मा डबल ह्याट्रिक गर्ने पहिलो बलर बने । टी–२० को इतिहासमा मालिंगाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले बंगलादेशविरुद्ध सन् २०१६–१७ मा आफ्नो पहिलो ह्याट्रिक गरेका थिए । यतिमात्र होइन, सन् २००७ मा वनडे वर्ल्डकपमा पनि उनले दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा चार विकेट लिएका थिए ।

मालिंगा टेस्ट, वनडे र टी–२० मा एकसय भन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । उनी टी–२० मा एक सय विकेट लिने पहिलो बलर हुन् ।

कुनै पनि बलरले यस्तो खेल प्रदर्शन गर्न सकेका छैनन् । मालिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ह्याट्रिक हो ।

मालिंगाले टेस्टमा १ सय १ र वनडेमा ३३८ विकेट लिएका छन् । यसअघि सबैभन्दा धेरै ह्याट्रिक लिने रेकर्ड पाकिस्तानका वसिम अकरमको नाममा थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्