कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, भदौ २३
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० बढेर ७१ हजार ७०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ। आज चाँदी भने घटेको छ । चाँदी आइतबारको तुलनामा ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्