काठमाडौंमा चल्यो विद्युतीय बस, भाडा पनि सस्तो (फाेटाे फिचर)



काठमाडौं, भदौ २३

राजधानीमा पहिलोपटक व्यवासायिक रुपमा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ। सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुई वटा वसबाट सेवा सुरु गरेको हो।

सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब कार्यालय परिसरबाट रिबन काटेर सेवाको शुभारम्भ गरे।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ। एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस संचालन भएको भक्तपुरको सूर्यविनायकसम्म पनि सो बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

सो बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ। अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको पनि बताए। काठमाडौंमा हुने वायु र ध्वनी दुवै प्रदूषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि संचालनमा ल्याइएको हो।

सुन्दर यातायातले थप ११ वटा सो बस चीनबाट झिकाउने योजना पनि बनाएको छ। अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि सो बस संचालनका लागि समझदारी गरिएको पनि बताए। काठमाडौंमा केही दिनभित्र थप २ वटा बस पनि संचालनमा ल्याउने तयारी गरिएको छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News