पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, हेर्नुहोस नयाँ मूल्य


 


काठमाडौं, भदौ २४
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोलियम पाइपलाइन उदघाटनको दिनदेखी पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्