एसइईको सर्टिफिकेटमा लापरबाही, ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती


 


काठमाडौं, भदौ २५
माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रमाणपत्र (सर्टिफिकेट)मा हजरौं विद्यार्थीको विवरणमा गल्ती देखिएको छ । ०७५ मा एसइई उत्तीर्ण हजारौँ विद्यार्थीको सर्टिफिकेटमा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट विद्यार्थीको विवरण इन्ट्री गर्दा भएको लापरबाहीका कारण अहिले विद्यार्थी पीडित बनेका छन् ।

एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको परेको छ । जसले गर्दा अहिले विद्यार्थीले दुःख पाएका छन् ।

विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ । अनलाइनमार्फत फारम भरेका कारण पनि धेरै त्रुटि भएको बताइएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्