एनसेलको फैसला न्यायाधीशलाई भारी, संसदमा उठ्यो महाअभियोग लगाउने आवाज


 


काठमाडौं, भदौ २५
एनसेलको पुँजीगत लाभकर नउठाउने भनेर आदेश दिने न्यायाधीशलाई उक्त फैसला भारी पर्ने देखिएको छ । उनको फैसलाको विरुद्धमा संसदमा आवाज उठेको छ । न्यायाधीशलाई महाअभियोग लगाएर हटाउने विषय संसद्मा प्रवेश गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

सत्तारुढ नेकपा तथा प्रमुख विपक्षी दल कांग्रेसका सांसदले एनसेलबाट लाभकर उठाउन ठूला करदाता कार्यालयले गरेको निर्धारण खारेज गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने र सर्वोच्च अदालतले एनसेलसम्बन्धी पटक–पटक परस्पर विरोधी निर्णय गरेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।

केही दिनअघिदेखिको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले एकै स्वरमा एनसेलबाट पुँजीगत लाभकर उठाउनुपर्ने र संसद्बाट छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

मंगलबारको बैठकमा पनि शून्य तथा विशेष समयमा बोलेका सत्तापक्ष तथा विपक्षी दलका सांसदले पनि पछिल्लो निर्णय राष्ट्रको हितविपरीत रहेकाले न्यायाधीशविरुद्ध नै महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्