प्रचण्डका घरबेटीले पाए मेलम्चीको ठेक्का !


 


काठमाडौं, भदौ २५
नेकपाका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)का घरबेटी शारदा अधिकारीले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएका छन् । अधिकारीको निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनलाई ठेक्का दिइएको हो । नागरिकमा खबर छ ।

यो कम्पनी ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दै आएको कम्पनी हो । तर, पनि राजनीतिक आडमा यो कम्पनी कालो सूचीमासमेत परेको छैन । जसले गर्दा ठेक्का हत्याइरहेको छ । प्रचण्डकै बुहारी बिना मगर खानेपानी मन्त्री रहेकै बेला अधिकारीलाई मेलम्चीको ठेक्का दिइएको छ ।

सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सिआइपिइएल/सैलुङ जेभीले सार्वजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको दाबी गरेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्