इन्जिनियरबाट सब–ईन्जिनियर बढ्दै गरेकी किशोरी बलात्कृत


 


बैतडी, भदौ २५
बैतडीमा एक किशोरी ईन्जिनियरबाट बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत इन्जिनियर रोशनी चन्द पक्राउ परेका छन् ।

चन्दले सबइन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्