टीकापुरमा डल्ल्फिन महोत्सव हुने, र्याफ्टिङ गर्दै डल्फिन हेर्न पाइने


 


धनगडी, भदौ २५
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कैलालीको टीकापुरमा डल्फिन महोत्सव आयोजना हुने भएको छ । कैलाली होटल व्यवसायी संघले संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन देखा पर्ने क्षेत्र टीकापुर नगरपालिका–७, बैदी (ढुङ्गाना टोल) मा महोत्सवको आयोजना गर्न लागेको हो ।

संघले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव आयोजनाबारे जानकारी दिएको हो । भाद्र २८ देखि ३० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

‘डल्फिनको संरक्षण, संवद्धृन र पहिचान, पर्यटन विकासको अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा डल्फिन तथा जलचर प्राणी अवलोकन गराईने, स्थानीय जातजातीहरुको संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने, विभिन्न खानाका परिकारहरु संगै र्याफ्टीङ्गको व्यवस्था गरिएको आयोजक कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरबहादुर शाहीले बताए ।

नेपाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तु मध्ये नेपालमा पाइने एक मात्र स्तनधारी डल्फिन कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँ पालिकाको संगम स्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा डल्फिन पाईने अध्यक्ष नरबहादुर शाहीले बताए ।

नदीको वहान बढेसंगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाईने डल्फिन महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएइको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्