सुनको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, भदौ २५
नेपाली बजारमा आज सुनको मूल्य घटबढ भएको छैन । सुन आज पनि प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर हुँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्