चितवन मेडिकल कलेजमा तनाव, विप्लवका छोरा प्रकाश पक्राउ


 


चितवन, भदौ २५

भरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि आज विहान विद्यार्थी र प्रहरीबचि विहान झडप भएको छ ।

आन्दोलनरत विद्यार्थी अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

आन्दोलन सरकारद्वारा प्रतिबन्धित नेकपाका नेता नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दको नेतृत्वमा भइरहेको छ । प्रहरीले प्रकाशसहित १६ जना आन्दोलनकारी विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्