नेपालगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु


 


नेपालगन्ज २५ भदाै
नेपालगञ्जमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । बाँके प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका—५ का ६० वर्षीय रामचन्द्र लोदको मृत्यु भएको हो ।
सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो रिक्साको व्याट्री चार्ज गरिरहेको अवस्थामा उहाँलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लोदलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, गएराति परेको मूसलधारे पानीले कोहलपुरमा नगरपालिका—११ लोकनगरका स्थानीय डुबानमा परेका छन् । सो स्थानका ४० घर डुबानमा परेको छ भने चार घर पूर्णरुपमा भत्किएको वडा अध्यक्ष कर्णबहादुर अधिकारीले बताउनुभयो । आज बिहान वडाध्यक्ष थापा र वडा सदस्य छविलाल भट्टराईसहितको टोलीले स्थलगत अनुगमन गर्दा ४० घर डुबानमा र ४ घर पूर्ण रुपमा भत्किएको भेटिएको थियो ।

यसैगरी, वडा नम्बर ६ को बालविद्या टोलका चार घर पनि डुबानमा परेका छन् । राति परेको पानीले डाइनामिक माध्यामिक विद्यालय छेउ र कौशिल्या मेमोरियल अस्पताल पश्चिमको वडा नम्बर ६ र वडा नम्बर ११ को सीमामा पर्ने वस्ती पूरै डुबानमा परेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्