चन्द समूहका जिल्ला सचिव पक्राउ, धम्की दिदै चन्दा मागेकाे आरोप  


 


पाँचथर, भदौ २६
प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचथर जिल्ला सचिव विजय नेम्वाङलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका घर भएका सचिव नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट मङ्गलबार पक्राउ गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

उनलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्