मध्यरातमा जलाइए तीनवटा स्काइभेटर
म्याग्दी, भदौ २६
म्याग्दीको बेनी नगरपालिकामा गएराति तीनवटा स्काइभेटरमा आगजनी गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ बगुवाखोलामा राखिएका स्काइभेटरमा अज्ञात समूहले आगो लगाइदिएको हो।
निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका स्काइभेटरमा अज्ञात समूहले आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
स्काइभेटर बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका थिए । आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनाबारे निष्पक्ष छानविनको माग गरिएको छ ।
प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार