विद्यालयबाट घर फर्किदै गर्दा पहिरोमा पुरिए दुई बालिका, घटनास्थलमै मृत्यु


 



रुकुम, भदौ २६
रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ।

बुधबार बेलुकी बाटो पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको रुकुमपश्चिम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्