दाउन्नेमा यात्रुबाहक बसमा आगजनी


 


बुटवल, भदौ २६
नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।

ना ६ ख ८४५३ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै थियो । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो ।

डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको बताए । घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्