रवि लामिछानेको मुद्दामा उच्च अदालत पाटनबाट आयो यस्तो निर्णय


 


काठमाडौं, भदाै २६

सञ्चारकर्मी रवि लामिछानेको मुद्दाको आजको पेशी स्थगित भएको छ। रविविरुद्ध परेको रिट निवेदन माथि अब असोज २ गते सुनुवाइ हुने तय भएको छ ।

बिहीबार उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले सिरियल नम्बर २ मा परेको उक्त निवेदनको पेशी सार्ने निर्णय गरेका हुन्। मुद्दामा वरिष्ठ अधिवक्ता सुशील पन्त विदेश भ्रमण रहेकोले बहस गर्न अनुपस्थित भएपछि स्थगित भएको रविको मुद्दा पक्षतर्फका अधिवक्ता अमृतकुमार लामाले बताए ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्