गृहमन्त्री बादलकै भाई पक्राउ, यस्तो छ कसुर, गुण्डा नाइके पनि मुछिए


 


काठमाडौं, भदौ २६

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका भाई पक्राउ गरेका छन् । ठेकेदारसँग फिरोती मागेको तथा अपहरणमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बादलका साहिला भाई नरेश थापालाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको हो । सिआइबीले अदालतको आदेशबाट नरेशलाई न्यायिक हिरासतमा लिएको बुझिएको छ।

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेत लगायत डन समूहसँग मिलेर ठेकेदारसँग फिरौती रकम लिएको आरोपमा सिआइबीले केही दिनअघि नरेशसँग बयान लिएको थियो। सो बयानपछि सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएपछि अदालतको आदेशबाट रमेशलाई न्यायिक हिरासतमा राखिएको ब्युरो प्रमुख डिआर्इजी निरजकुमार शाहीले जानकारी दिए।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्