सात जिल्लाको सीडीओ दरबन्दी घटुवा, कुन–कुन जिल्ला परे ?


 



काठमाडौं, भदौ २७
सरकारले सात जिल्लाको सीडीओको दरबन्दी घटुवा गरेको छ । गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेका सीडीओको दरबन्दी घटुवा गरेको हो ।

ती जिल्लामा सहसचिवको दरबन्दी रहँदै आएकोमा अब उपसचिव सीडीओ हुने व्यवस्था गरिएको छ । निर्णयमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा भने सोहीबमोजिम हुने उल्लेख छ ।

मन्त्रिपरिषद्ले हुलाक सेवा विभागअन्तर्गत हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक २०७६ साउनदेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्