सशस्त्र प्रहरी जवान धामी पाँच दिनदेखि बेपत्ता


 


धनगढी, भदाै २८
दार्चुला स्थायी घर भई सशस्त्र प्रहरी बल गण नम्बर २६ नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान रमेश सिंह धामी पाँच दिनदेखि सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान धामी यही भदौ २३ गते अत्तरियाबाट बेपत्ता भएका हुन् ।

उनी नवलपरासीबाट गृहजिल्ला जानेबेला अत्तरियाबाट बेपत्ता भएको परिवारले बताएको छ । उनको परिवारले धामीलाई देख्नेलाई खबर गरिदिन आग्रह गरेका छन्।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्