इलाम र झापाबाट फर्किएलगत्तै खानेपानी मन्त्री मगर अस्पताल भर्ना



काठमाडौं, भदौ २९
इलाम र झापामा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै खानेपानी तथा सरसफाइमन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन् ।

पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको बताइएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोराबुहारी समेत रहेकी मन्त्री मगर केही दिन अघि पार्टीका कार्यक्रमहरुमा सहभागी हुन इलाम र झापा पुग्नुभएको थियो ।

मन्त्री मगरलाई ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष दाहाल ‘प्रचण्ड’ शनिबार बेलुका अस्पताल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News