उही कारागार उही हिरासत, यस्तो छ हुम्ला र मुगुको समस्या


 


काठमाडौं, भदौ २९
कारागार नहुँदा कारागार नहुँदा हुम्ला र मुगुमा समस्या भएको छ । जिल्लामा कारागारका लागि भवन नहुँदा कैदीलाई हिरासतमै पठाउनुपर्ने अवस्था सृजना भएको छ ।

अदालतको फैसलापछि कारागारामा पठाउनुपर्ने कैदीलाई हिरासतमै राख्ने गरिएको छ । अदालतले थुनामा पठाएको व्यक्तिलाई हिरासतमा राख्नु गैरकानूनी भएपनि मुगु र हुम्लामा भने कारागारै नहुँदा हिरासतमा राख्नुपरेको हुम्ला कारागार कार्यालयका जेलर डबले रावतले बताए । ।

उनका अनुसार जिल्ला अदालतबाट कैद फैसला भएका ७ व्यक्ति अहिले नेपालगञ्ज, सुर्खेत र दैलेख कारागारमा छन् ।
स्थानान्तरणमा पनि कारागार व्यवस्था विभागले ढिलाइ गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्