समाचार टिप्पणी – यसकारण मन्त्री भट्टराईको पक्षमा उर्लियो सामाजिक संजाल


 


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नेपालगञ्ज विमानस्थलमा १५ मिनेट यात्रु कुराएको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

मन्त्री भट्टराइका कारण यात्रुहरुले १५ मिनेट बढी कुर्नु परेको सत्य हो तर, यहि सन्दर्भ जोडेर जसरी मन्त्री भट्टराइलाई पञ्चायतकालीन मन्त्रीहरुको कार्यशैलीसंग तुलना गरिएको छ त्यति धेरै आपत्ती जनाउनुपर्ने विषय हो भन्ने लाग्दैन ।

हवाइजहाजभित्र बसिसकेपछि मन्त्री भट्टराइसंग ज्ञानेन्द्र शाही लगायत केही व्यक्तिहरु जसरि जाई लागेका छन् भिडियो हेर्दा लाग्छ सामान्य घटनालाई ठूलो बनाउन उनीहरुले राम्रै प्रयाश गरेको बुझिन्छ ।

‘पारस शाहको बिरुद्धमा हस्ताक्षर बुझाइस्’ भन्ने शब्दावली सुन्दा लाग्छ लोकतन्त्र मननपराउनेहरुको एउटा समुह के निहु पाइन्छ र सरकारको आलोचना गर्न पाइन्छ भनेर बाटो ढुकेर बसेका छन् भन्न धक मान्नु पर्दैन ।

घटना सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा मन्त्री भट्टराइको उछित्तो काढने र उनलाई देवत्वकरण गर्नेहरु आ–आफ्नै ठाउँमा सक्रिय भएर लागेका छन् हिजै वेलुकादेखी । यही घटनालाई जोडेर मन्त्री भट्टराईको सक्दो उछित्तो काढन जरुरी छैन न त देवत्तोकरण नै ।
कुनै पनि मन्त्री वा उच्च ओहोदाका व्यक्तिले आफ्ना कारण यात्रुलाई दुःख दिन सुहाउदैन । कुनै मन्त्रीले भनेकै भरमा घण्टौं रोक्ने वा कुनै उच्चपदस्थ व्यक्तिले आग्रह गरेकै भरमा यात्रुका समयलाई वेवास्ता गर्दै यात्रुलाई कुराउन कुनै पनि एअरलाइन्सले सुहाउदैन । कुनै कारण कहिलेकाँही बिलम्ब हुनसक्छ । तर, के कारण बिलम्व भएको यात्रुहरुलाई सहज जानकारी गराउनुपर्छ ।

मन्त्री भट्टराईकै प्रसंगमा ओली सरकारको मन्त्रिमण्डलका कान्छा मन्त्री हुन् उनी । उनका कार्यशैलीप्रति सत्ताधारी दलका नेता मात्रै होइन प्रतिपक्ष दलका नेता समेत आशावादी छन् । मन्त्री भट्टराईका अहिलेसम्मका कार्यशैली हेर्दा लाग्छ उनले अहिलेसम्म खराब काम गरेका छैनन् । सहकर्मी मन्त्रीको तुलनामा उनको काम गर्ने शैली मात्रै फरक छैन संस्कारयुक्त पनि छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्