पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाही कुटिए, प्रहरी नियन्त्रणमा



काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । शाहीले उत्तर दिए पनि उनको कुरै नसुनी उनीमाथि एकोहोरो प्रश्न तेर्स्याएका थिए । आफूलाई विद्यार्थी भन्ने केही युवाले शाहीमाथि हातपात समेत गरेका थिए ।

नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले मन्त्री भट्टराईले हवाइजहाजभित्रै हुन हुज्जत गरेका थिए । मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News