बुवाको गर्धनमा खुकुरी प्रहार गर्ने छोरा पक्राउ


 


भोजपुर, भदौ ३०
भोजपुरमा खुकुरी प्रहार गरि बुवालाई गम्भीर घाइते बनाउने छोरालाई पक्राउ गरिएको छ ।

बुवाको गर्धनमा खुकुरी हान्ने २४ वर्षीय शिवहाङ राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले आइतबार घरायसी विवादमा आफ्ना ५५ वर्षीय बुवा रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेका थिए ।

उनको खुकुरी प्रहारबाट चन्द्रबहादुरको गर्धनमा अढाई इन्च गहिरो चोट पुगेको छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

बुवालाई खुकुरी प्रहार गरि फरार रहेका विहाङलाई प्रहरीले शनिबार नै पक्राउ गरेको छ । प्रहरीले उनीमाथि अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्