मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र पुगे हिरासत


 



काठमाडौं, भदौ ३०
नेपालगञ्ज बिमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई अभद्र व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेर हिरासत लगिएको छ ।

आफूमाथि लागेको आरोपबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी कुसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको जनाएको छ । उनी अहिले ललितपुर प्रहरीको हिरासतमा छन् ।

शाहीलगायतका युवाहरुले शनिबार मन्त्री भट्टराईका कारण बुद्ध एयरको प्लेन एक घण्टा ढिला भएको भन्दै विमानभित्रै मन्त्रीमाथि अभद्र व्यवहार तथा गालीगलौज गरेका थिए । यद्यपि, बुद्ध एयरले भने प्लेन १५ मिनेट मात्रै ढिला भएको बताइसकेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्