विप्लव समूहका नेता जेलबाट नेकपामा प्रवेश, पार्टीमाथि लगाए यस्तो आरोप


 


फिक्कल, भदौ ३०
नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इन्चार्ज दिपेन राईले जेलबाटै नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । पक्राउ परेको पाँच महिनापछि उनले विज्ञप्ति निकालेर सत्ता पक्ष दल नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाले लिएको नीति उपयुक्त नभएको भन्दै साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनी चैत्र २० गते झापाको विर्तामोडबाट पक्राउ परेका थिए । उनी अहिले ईलामको कारागारमा पर्पक्षका लागि जेल चलान गरिएका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्