गृहमन्त्रीका भाई हिरासतको सट्टा अस्पतालको क्याबिनमा


 



काठमाडौं, भदौ ३१
गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापालाई हिरासतमा राख्नुपर्ने भएपनि अस्पतालको क्याविनमा राखिउको छ । पक्राउ परेदेखि नै बिरामी भएको बताएका नरेशलाई बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ ।

प्रहरीले पनि अस्पतालका डाक्टरको ‘प्रेस्कृप्सन’ ल्याएर अस्पताल भर्ना गरेको जनाएको छ । प्रहरीले आफ्नै हिरासतमा राखेर उपचार गर्न सक्ने भएपनि डाक्टरकै सल्लाह भन्दै अस्पताल भर्ना गरिएको बताइएको छ ।

गृहमन्त्री थापाका साहिँला भाई नरेशलाई केही समयअघि ठगी धन्दामा गुण्डा नाइकेसंग मिलेर काम गरिरहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्