गायक राजेश पायल राईको घरमा आगलागी


 



काठमाडौं, भदौ ३१
गायक राजेश पायल राईको घरमा सोमबार राति आगलागी भएको छ । नयाँ बानेश्वरस्थित उनको घरमा आगलागी भएको हो ।

आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन । आगलागीबाट मानवीय क्षति भने भएको छैन । तर, गायक राईले पाउका अवार्ड र प्रमाणहरु भने जलेर नष्ट भएका छन् । गायक राई भने सांगीतिक कार्यक्रमका भर बाहिर छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्