भीरबाट लडेर किशोरीको मृत्यु


 



बैतडी, भदौ ३१
बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको भिरबाट लगेर मृत्यु भएको हो ।

उनी सोमबार घाँस काट्न जानेक्रममा स्थानीय छोटेधार थाँचर भिरबाट लडेकी थिइन् । उनी स्थानीय शिवलिङ्ग विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्