सिजल कुँवरले पहिरिन् मिस टुरिज्म वल्र्डवाइड २०१९ को ताज


 



काठमाडौं, असोज १
मिस टुरिज्म वल्र्ड वाइड नेपाल २०१९ को ताज दार्चुलाकी सिजल कुँवरले जितेकी छन् । उनले ताजसहित मिस व्युटिफुल तथा मिस ट्यालेन्ट टप–m३ को सब टाइटलसमेत हात पारिन् । योसंगै उनले अब सिंगापुर तथा ईन्ढोनेसियामा हुने मिस टुरिज्म वाल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

परेली मिडिया ता इभेन्ट संसारको संयुक्त आयोनजामा भएको प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यञ्जनकार, फस्ट रनर अप भइन् । उनले मिस लेडी अप ब्रिलिन्सीको सब टाइटलसमेत हात पारिन् ।

पोखराकी पुजा थापा सकेन्ड रनअप भइन् । साथै उनले मिस पर्सानालिटीको सब टाइटल पनि हात पारिन् । २७ जना प्रतिनिधिको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामिण भेगबाट बढी सहभागिता बढी रहेको थियो ।

प्रतिस्पधाको निर्णायकको भूमिकामा ट्राभल एण्ड टुरिज्म विषयका गोल्ड मेडलिष्ट आयुष्मा पोखरेल, बरिष्ठ मोटिभेसनल प्रशिक्षक एवं श्क्षिाविद् पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसिडेन्ट निलु थापा, मिस नेपाल इन्टरनेसनल निती शाह, तथा तिलगंगा आँखा प्रतिष्ठानका रबि गौतम रहनुभएको थियो ।

प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्