गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल



काठमाडौँ, १ असोज
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरेका छन ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन ।

यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएअनुसार नै कारवाहीको प्रक्रिया अघि बढ्ने मन्त्री ढकालले स्पष्ट पारे ।
बैठकको प्रारम्भमा काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले सरकार समर्थित समूहले नै काङ्ग्रेसका बाँके सभापति किरण कोइरालाको हात भाँचेको आरोप लगाउँदै राजनीतिकरण गर्दा सत्य मर्दछ भन्नेमा सचेत हुन ध्यानाकर्षण गराएका थिए । सरकारका तर्फबाट जवाफ आउनुपर्ने उनले माग गरेका थिए ।

निवेदन दर्ता भए पनि कुनै व्यक्ति नसमातिएको र दोषीले धम्की दिँदै हिँडिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद बडूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News