आज संविधान दिवस, विविध कार्यक्रम गरि मनाइँदै


 


काठमाडौं, असोज ३
आज असोज ३ अर्थात संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको दिविविध कार्यक्रम गरि मनाइँदैछ ।

संविधानको दिवसको अवसरमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको संविधान दिवस मुल समारोह समितिले शुक्रबार विहान सैनिक टुडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्ष्ाँ निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेछ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनेछ । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन हुनेछ । सरकारले असोज २, ३ र ४ गते दीपावली गरिने संविधान दिवस मनाइरहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्