सुदूरपश्चिम प्रदेश सरकारले यसरी मनायो संविधान दिवस (तस्बीरसहित)


 


धनगढी, असोज ३
सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस विविध कार्यक्रम गरि मनाएको छ । असोज ३ गते अर्थात नेपालको संविधान २०७२ जारी भएको दिनको अवसरमा प्रदेश सरकारले आज विहान प्रभातफेरीलगायतका विभिन्न कार्यक्रम गरेको छ ।

विहान ७ बजे ट्राफिक चौराहबाट धनगढी रंगशालासम्म झाँकीसहित प्रभातफेरी गरियो । प्रभातफेरीमा प्रदेश मुख्यमन्त्रीसहित सभामुख, मन्त्रीहरु, उपसभामुख, राज्यमन्त्री, प्रदेशसभा सदस्या, प्रदेशका उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरि धनगढी रंगशालामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । सभामा आन्तिरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले स्वागत मन्तव्य राखेका थिए ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले नेपालका सबै जातजाति, गर्ब र समुदायलाई एकसुत्रमा बाँध्ने काम गरेको बताए ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्