संविधान दिवसको अवसरमा प्रदेश १ सरकारबाट तीन जना सम्मानित



विराटनगर, ३ असोज
संविधान दिवस–२०७६ को अवसरमा प्रदेश नं. १ सरकारले तीन जना व्यक्तित्वलाई नगद सहित सम्मान गरेको छ ।

सम्मानितहरु एवं पुरस्कृत हुनेहरुमा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामिरीता शेर्पा र विश्व अल्ट्राथाबिका मीरा राई हुनुहुन्छ ।

उहाँहरु जनही रु.पाँच लाख नगद सहित सम्मानपत्रबाट सम्मानित हुनु भएको हो । सम्मानित हुने सबै प्रदेश १ का बासिन्दा हुनुहुन्छ ।

प्रदेश १ मा जन्मेर देश तथा विदेशमा नेपालको नाम उच्च राख्न सफल भएका उहाँहरुलाई प्रदेश सरकारले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News