प्रदेश १ सरकारले फहरायो प्रदेशभरी राष्ट्रिय झण्डा


 


विराटनगर, असोज ३
संविधान दिवसका दिन प्रदेश १ भरी नेपाली राष्ट्रिय झण्डा फहराएको छ । प्रदेश सरकारले ठूला आकारका प्रदेशका भित्रका प्रत्येक जिल्ला सदरमुकाम र विशेष महत्वका ठाउँमा झण्डा फहराएको हो ।

मुख्यमन्त्री शेरधन राइर्ले विराटनगर विमानस्थल र जनआन्दोलन (महेन्द्रचोक) मा स्थायी रुपमा रहनेगरी ठूलो राष्ट्रिय झण्डा फहराउनुभयो । आजका दिन प्रदेशको १४ वटै जिल्लाका सदरमुकाम र प्रदेश विभिन्न २८ स्थानमा राष्ट्रिय झण्डोत्तोलन गरिएको प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनु भयो ।

राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको प्रदेश १ मा व्यापक प्रयोग भएको छ । ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरिएको हो । यसले नेपालको राष्ट्रिय एकता दरिलो, सशक्त र अविचलित छ भन्ने सन्देश दिएको सचिव अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्