चीनका राष्ट्रपति सी नेपाल आउने तय, यस्तो छ नेपालको तयारी


 



काठमाडौं, असोज ४
चीनका राष्ट्रपति सी जिनपिङ यही महिनाको अन्तिम साता नेपाल आउने तय भएको छ । उनी अन्तिम साता नेपाल आउन लागेका हुन् । उनी काठमाडौंमा एक रात बसेरसमेत जाने तय भएको छ । नयाँ पत्रिकामा खबर छ ।

दुई देशबीच कुटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउन लागेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा असोज २४ गते भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्किनेक्रममा नेपाल आउन लागेका हुन् ।

सीको भ्रमणका क्रममा केरुङ–काठमाडौ रेल निर्माण सम्बन्धी घोषणा गर्ने नेपालले चीनसंग प्रस्ताव गरिसकेको छ । यसमा चीन सहमत पनि भइसकेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ढा. राजन भट्टराईले बताए ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्