एउटै योजनाको अनुमगन गर्न आठ दिन


 



काठमाडौं, असोज ४
गण्डकी प्रदेशको उद्योग पर्यटन, तथा वातावरण मन्त्रालयले प्रदेशका ६ जिल्ला हेर्नेगरि दमौलीमा कार्याय स्थापना गरेको छ । जसले ती जिल्लामा रहेका विकास निर्माणका कामको अनुगमन गर्ने जिम्मेवारी पाएको छ ।

तर, कार्यालयमा कर्मचारी अभाव हुँदा अनुगमनमा भने समस्या भएको छ । नयाँ पत्रिकामा खबर छ । एउटै विकास निर्माणका कामको अनुगमन गर्न नै आठ दिनसम्म लाग्ने गरेको कार्यालयका प्रमुख बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेले बताउनुभयो ।

नवलपुरकै भएपनि मनाङ टाढा छ । तर, त्यहाँ पुगेर पनि अनुमगन गर्नुपर्ने हुन्छ । यसरी अनुगमनमा जाँदा अर्कोतर्फ कार्यालयमा आउने सेवाग्राही पनि प्रभावित हुनेगरेका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्