शनिबार विहानै भूकम्प


 



गोरखा, असोज ४
गोरखा केन्द्र विन्दु भएर शनिबार विहानै चार रेक्टर स्केलको भूकम्प गएको छ । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले विहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

पछिल्लो एक हप्ताको बीचमा देशभर पाँच पटक भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्