धम्क्याएर चन्दा मागिरहेके बेला रंगेहात पक्राउ, नक्कली बिल ठेली पनि बरामद


 



धनगढी, असोज ४
कैलालीमा धम्याएरै चन्दा मागिरहेका बेला एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडाका ४१ वर्षीय गगन भनिने जयबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालय सहजपुरका प्रमुखलाई धम्क्याएर चन्दा मागिरहेका बेला प्रहरीले धामीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माको टोलीले हिजो धामीलाई वन डिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट चन्दा उठायने विभिन्न खाले ठेली पनि बरामद गरेको छ । धामी यस्तै क्रियाकलापमा संलग्न रहँदै आएको सूचनापछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्