कथा – ‘पुनर्जन्म’


 


लेखक: हरि कँडेल

भान्छा कोठाबाट आवाज आउँछ, ‘बाबु खाना खान आईजा’

त्यो आवाज हरिको आमाको थियो । उ आफ्नो समानहरु झोलामा हाल्दै थियो । आमाले पुनः चिच्याउनुभयो, ‘यो के गर्दै छ, खाना चिसो भयो ।’

भित्रबाट आवाज आयो, ‘पख्नुन म कपडा मिलाउँदैछु ।’ हरि केहीछिन पछि हतार–हतार भान्छामा छिर्छ । आमा खाना पस्किदै हुनुहुन्छ । हरि मुख खुम्च्याउँछ र भन्छ, ‘आज पनि साग र आलु ?’

आमाले माया गरेर फकाउनु हुन्छ र भन्नुहुन्छ, ‘बाबु साईतको बेलामा यसरी अँधेरो मुख नलगान भन्दै हरिलाई मुसार्नु हुन्छ ।

उ पनि काखे बालक झै आमाको काखमा लुटुपुटु हुन्छ । आमाले ध्युको भाडो झिकेर भन्नुभयो, ‘ल योसँग खा ।’ हरि मख्ख परेर ध्यु र भात खान्छ । आज उ काठमाडौ जादै छ । खाना खाइसकेपछि आमालाई ढोग गर्दै बिदा हुन्छ घरबाट ।

घरबाट अलि मुनि आइपुग्छ । खै के–के सोचेको हो मनले भुइको स–सानो ढुङ्गा खुट्टाले पर फाल्दै हिडिरहेछ । यतिकैमा उस्को बस आयो हतार–हतार उ बसमा चड्यो ।

हातमा टिकट लिएर यताउता आँखा घुमाउछ र उ झसंग हुन्छ । उसको आँखा एउटी सुन्दर युवतीमाथि गएर टक्क अडियो । हेर्दा पनि साक्षात स्वर्गकी परी झै सुन्दर छे । चौडा फराकिलो निधार निधार मुनि सुन्दर ताल जस्तै चञ्चले नयनहरु । दुई नयनको बिचमा माछापुच्छ्रे जस्तै त्यो नाक अनि नाकमुनि फक्रिएको गुलाफझै पिपलपाते ओठ उफ !

‘म उसको रुपको बयान गर्न सक्दिन’ हरिलाई उसको रुपले लठ्ठ पारेको थियो । मदिराको मातको के कुरा गर्नु र हरिलाई त्यो भन्दा बढी उस्को रुपको मात लागेको थियो ।

‘ओ भाई आफ्नो सिटमा बस्नुस् न’ हरि झसङ्ग भएर फर्केर हेरेरेको कन्टेकटर ले भनेको रहेछ । भाग्यबस हरिको सिट पनि उहीँ स्वर्गकी परि बसेको सिटमै रहेछ । अब त के खोज्छ्स कानो आँखा झै भयो ।

हरि गएर आफ्नो सिटमा बस्छ । केटी झ्यालतिर फर्केर बसेकी छे । झ्याल खुल्ला छ । झ्यालबाट आएको हावाले उनको कपाल उडाउछ । उसको केशरासी लामा भएकैले ती हावासंगै उडेर आएको केसले हरिलाई छुन्छ । हरि मदहोस हुन्छ कताकता काउकुती लाग्छ । आँखा बन्द गरेर उसको केश रासीको सुगन्ध लिदैछ !!

उसको नाम राधा । उ अहिले कक्षा १२ मा अध्यनरत छे । उसको घर ऋणि हो । उ अहिले काठमाडौंमा आफ्नो ठूली आमाहरुसँग छे ।
राधा आफ्नो लामा लामा केश रासी सम्हाल्न खोज्छे । उ हरि तिर फर्केर हेर्छे ! राधा पनि हरिलाई हेरेर टोलाउछे ।

हरि पनि भर्खरको लक्का जवान सलक्क परेको शरीर, गोरो चाक्लो अनुहार, सूर्यको पहिलो किरण झै धपक्क बलेको हरिलाई हेरेर राधा मुसुक्क हास्छे र भन्छे, ‘सरी’ हरि मख्ख पर्छ । ‘इट्स ओके’ हरि भन्छ । गाडीले ब्रेक मार्दा दुबै एक अर्कासँग ठोकिन्छन् । एक अर्कालाई हेर्दै हास्छन् ।

त्यतिकैमा हरि मेरो नाम हरि कंडेल भन्दै भनेर हात लम्काउँछ । राधा मुसुक्क हासेर नमस्ते भन्छे दुबै हास्छन् ।
कता जानलाग्नु भएको मिस हजुर ……? राधा बोल्छे, ‘म ठूलो मुमाहरुसँग काठमाडौ जादैछु अनि हजुर नि ….?

हरि के भनुम भनुम हुन्छ र भन्छ, म पढ्नको लागि काठमाडौ जान लागेको । कुराकानी चलिरहेको छ । एक आपासमा परिचयको समय सकिएपछि गाडी खाजा खाने ठाउमा रोकिन्छ । दुबै जना झर्छन् ।

बाहिर आकाश सदाझँै निलो थियो । त्यही आकाशको बक्षस्थलमा सेतो सिमलको भुवाझँै बैशालु मन बोके झै चन्चले स्वाभावमा घरी यता र घरी उता लुकामारी खेल्दै थियो ।

भलै मेरो नजरमा यो सब कल्पनाको दृश्यचित्रमा केन्द्रित भएपनि एक अर्काको समिप्यमा रहेर दुई नयन चार भएर आकाश हेरेका थिए ।
खाजा खाने कार्यक्रम पनि सकियो । सबैजना आ–आफ्नो सिटमा आएर बसे । राधा र हरि पनि आ आफ्नो सिटमा बसे ।

उनीहरु एक अर्कालाई हेर्दै हास्दै छन् । उनीहरु कुराकानीले बिस्तारै मायाको रुप लिइसकेको थियो । यतिकैमा हरिको मुवाहजुरको फोन आयो । हरि फोन उठाउँछ । आमासँग कुराकानी सकिएपछि हरि बोल्यो, ‘हजुरको नम्बर दिनुन राधा जि । राधालाई पनि घ्युँ कहाँ पोखियो भागमा “ भने झै भयो । उसलाई कसरी माग्नु होला हरिको नम्बर भएको थियो । उसले हतार हतार नम्बर दिई ९८४७२३….।

हरि यो नम्बर आफ्नो मोबाईलमा सेभ गर्छ । हरि नम्बर सेभ गरेपछि चुप्प भएर बस्छ । यो कुराले राधालाई पिरोल्छ । मन मनै मेरो नम्बर लिने आफ्नो चाहिँ नदिने । अब सहन नसक्नु भयो र उस्को मोबाईल तानेर अनि आफ्नो नम्बर डायल गरि र चुपचाप बसी । गाडी आफ्नै गतिमा हिडिरहेछ । उनीहरुपनि मिठा–मिठा बातमा भुलिरहेका छन् ।

दुबै जनाको मन मुटुमा बैशालु तरङहरु दौडिरहेको छ । गाडी घरीघरी मोड घुम्तीहरुमा मोडिन्छ । उनीहरु पनि सोही गतिमै एक आपसमा टाँसिनपुग्छन् । अनि हास्छन् ।

पर क्षितिजमा सुर्य आफ्नो पखेटा फिजाउदै चन्द्रमासंगको मिलनमा आतुर छ । दुबै जना एक अर्काको माया पोख्न आतुर छन् । यतिकैमा गाडी घचक्क रोकियो दुबैजना झस्याङ भए ।

खाना खाउ है सबैजना भनी ड्राइभर झर्यो । उनीहरु पनि झरे । खाना खानलाई टेबलमा गए । जाडोको मौसम तातोतातो खाना खाए दुबैजनाले फेरि गाडिमा चढे । अब दुबै जनालाई एउटै पिरले सताएको छ, किनकी उनीहरु छुट्टिने बेला आएको छ । मुटुमा एउटा न मीठो कम्पन छोड्दैछ ।

के गर्नु चाहेर पनि एकै हुन न मिल्ने समय थियो । हरि टाउकोमाथि गरेर पल्टिरहेको छ सिटमा । राधा उसको कुममा टाउको राखेर ढल्किरहेकी छ ।

उनीहरु एक आपसमा हात समाइरहेका छन् । सुक्क सुक्क आवाजले हरि झस्कियो । राधाको त्यो आवाजले मौनता चिर्यो ।
हरिले उसको चिउडोमा हात राखेर आफू तिर फर्कायो र सोध्योे ‘रोएकी राधु’ आँखाबाट बलिन्द्र धारा आँसु झरेका थिए । सुन्दर मुहारमा ती आँसु हरिलाई खपी नसक्नु भयो । हरिले उसका आँखाका आँसु पुच्दै भन्यो ।

किन रोएकी तिमीलाई ममाथि बिस्वास छैन र …..?  राधाको बोली फुटेन । झन सुक्कसुक्क गर्दै रुन थाली..!
हरिले राधालाई अँगालोमा कस्यो । दुबैजनाको आँखा भिजे ।

राधा बोली, ‘हरि तिमी मलाई भुल्न त भिल्दैनौ नि । आँखाभरी आँसु पार्दै आशाका भावले भनी । हरिको मुटु गाठो परेर आयो र भन्यो, ‘राधा जबसम्म दिन र रात हुनेछ, आगोले जबसम्म ताप दिनेछ तबसम्म फुलले राग दिनेछ । यो हरिले तिमीलाई कहिल्यै भुल्ने छैन ।

हरेक जुनि त भन्न सक्दिन किनकी मैले अरु देखेको छैन तर जबसम्म यो मुटुको धड्कनमा कम्पन हुनेछ । मेरो स्वासमा आश हुनेछ । म तिमीलाई नै मात्र तिमीलाई माया गर्नेछु मेरो बिस्वास गर राधु’ दुबैजना एक अर्कालाई हेर्दै मन बुझाए ।

गाडी आफ्नो रफ्तारमा गुडिरहेछ । हरि र राधाको छुट्टिने समय नजिक आईरहेछ । के गर्नु समय बलवान् छ । समयको अगाडि हामीले घुडा टेक्नुपर्छ । हुदाहुदै गाडी काठमाडौको कलंकी आएर रोकियो । गाडीबाट राधा अध्यारो मुख बनाउँदै झर्दै थिइन् ।

ढोकाबाट तल झर्ने बेलामा पनि फर्किएर हेरिन् । हरि राधाको अनुहारमा मायाको भाव छताछुल्ल भएको प्रष्ट देखेको थियो । हरिको अनुहारमा पनि बिछोडको पिडा प्रष्ट देखेकी थिइन् राधाले ।

यात्रु उत्रिएपछि बस गन्तव्यतिर गुड्न थाल्यो । हरि झ्यालबाट टाउको निकालेर राधालाई हात हल्लाएर बाइबाइ गर्दै थियो । हरिको तन मात्र थियो बसमा मन त राधाले लगेकी थिइन् । बसपार्क आयो । सबैजना उत्रिए हरिलाई भने त्यो सिट छोड्न मन नै लागेको थिएन । राधा बसेको सिट भन्दै हातले छामेर अन्तिममा उत्रियो ।
क्रमशः

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्