संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला



बनियानी, ४ भदौ

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए ।

“सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उनले भने, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।” सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो । “वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन”, नेता सिटौलाले भने, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”

नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे । उनले काङ्ग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिए ।

उनले भने, “पार्टी सङ्गठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ ।” युवा नेता डा सुशील शर्मालाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४० जनाभन्दा बढी काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेसका स्थानीय नेता मदन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News