कास्कीमा उपनिर्वाचन : वामदेवले गरेे यस्तो घोषणा


 


काठमाडौ, असोज ४

कास्कीमा उपनिर्वाचनको मिति नजिकिदै गर्दा अनेक प्रकारका चर्चा परिचर्चा हुन थालेको छ । खासगरी उम्मेदवारको विषयमा बढी उत्सुकता हुने गरेको छ ।

हुनपनि लगातार तीन पटक निर्वाचन जितेका संस्कृति पयर्टन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै यो क्षेत्र खालि छ । र, यहाँ उपनिर्वाचन हुदैछ ।

यहाँ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम उम्मेद्वार बन्ने चर्चाले राजनीति गर्माएको छ । तर नेता गौतमले भने उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले पार्टीको सचिवालय बैठकमा यस्तो घोषणा गरेका हुन ।

उनले घोषणा गरेको वक्तव्य जस्ताको त्यस्तै

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-
आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
वामदेव गौतम
४ आश्विन २०७६

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्