बाढीका कारण भागदौड हुँदा दुई बालिका बेपत्ता


 



बेनी, असोज ५
म्याग्दीको बेनीमा बाढी आएपछि भागदौड हुँदा दुई बालिका बेपत्ता भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर २ ज्यामरुकोटको कोटखोलामा आएको शनिबार राति बस्तीमा छिरेपछि भागदौड भएको थियो ।

बाढी आएपछि बगरफाँट बस्ने पार्वती परियारकी १० वर्षीया छोरी प्रविना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परिया सम्पर्कविहीन भउको म्याग्दी प्रहरीले जनाएको छ ।

बेपत्ता बालिकाको खोजी भइरहेको छ । प्रहरीकाअनुसार बाढीका कारण बगरफाँटका रेशम जुग्जाली र विष्णु परियारको घरसमेत भत्किएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्