अग्रीम टिकट बुकिङ आजदेखि खुला, सात ठाउँमा छ टिकट काट्ने सुविधा




काठमाडौं, असोज ५
दशैं तिहारका लागि आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । राजधानीबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ सुरु गरेको हो ।

अग्रीम टिकटबारे यसअघि यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघबीच भएको सहमतिअनुसार नै आजदेखि बुकिङ खुला गरेको हो ।

टिकट बुकिङको सहजताका लागि काठमाडौंमा कोटेश्वर, चावहिल, गौशाला, पुरानो बसपार्क, कलंकी र सुनधारा गरि सात ठाउँमा टिकट काट्ने व्यवस्था गरिएको छ । देशकै राजधानी काठमाडौंमा दशैं तिहारमा झण्डै २५ लाख मानिसहरु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News